काठमाडौं, मंसिर ५ः शान्ति स्थापनार्थ लिवियामा तैनाथ श्री स्पेशल गार्ड युनिट शान्ति सेनाको दोश्रो डफ्फालाई बदली गर्नको लागि शुक्रबार सेनानी हिमाचल जंग शाहको कमाण्डमा श्री स्पेशल गार्ड युनिट तेश्रो डफ्फाको १ सय १३ जना नेपाली शान्ति सैनिकहरु, मिशन ईलाका तर्फ प्रस्थान गरेका छन् ।
सोही क्रममा लिवियाबाट सेनानी राजेश रानाको कमाण्डमा १ सय १२ जना शान्ति सैनिकहरु भोली शनिबार बिहान नेपाल आईपुग्ने योजना रहेको छ ।
२ सय २८ जना शान्ति सैनिक कार्यरत रहने उक्त मिशनको लागि मिति २०७७ कात्तिक १५ र १६ गते १ सय १५ जना शान्ति सैनिकहरुको बदली भएको थियो ।
कोभिड १९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरीएको यो अदली बदलीमा सम्पुर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरीएको जानकारी गराइएको छ ।