लायन्स क्लबको प्रथम अधिवेशन मेयर चौधरीद्वारा उद्घाटन

रिपोर्ट नेपाल | 2022 Jun 02 | 03:07 pm 1997

  • महेश सिंह

सिरहा, जेठ १९ः लायन्स क्लबद्वारा नव–निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेको छ। लहान नगरपालिकामा नव–निर्वाचित मेयर महेश प्रसाद चौधरी र उप मेयर राम चलितर महतोलगायत सम्पूर्ण जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो।

No description available.

उक्त सम्मान कार्यक्रम क्लबको प्रथम अधिवेशनको अवसर मिलाएर सम्मान गरेकाे हाे। लहान स्थित माडवाडी सेवा सदनमा संचालनमा रहेको क्लबको प्रथम अधिवेशनको उद्घाटन मेयर महेश प्रसाद चौधरी र उप मेयर राम चलितर महतोले गरेको क्लबका सम्बन्धित ब्यक्ति राकेश झाले जानकारी दिए।

उक्त अधिवेशनमा क्लबमा आबद्ध सम्पूर्ण ब्यक्तिहरुको उपस्थिति रहेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.