काठमाडौं, असार ७ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट अन्तरगतको खेलमा नेपालले वेस्ट इन्डिजको तेस्रो विकेट लिएको छ ।
वेस्ट इन्डिजका राम्रा व्याटर मानिने ब्रान्डन किंङलाइ लामिछानेले क्लिन बोल्ड गरेका छन् । यससँगै नेपालले ३ विकेट हात पारेको छ । नेपाली बलरका सामु वेस्ट इन्डिजका व्याटरहरुलाई खेल्न हम्मे हम्मे परेको छ । यो समाचार तयार पार्दा सम्म १९ ओभरको खेल चलिरहदा वेस्ट इन्डिजले ३ विकेट गुमाउदै ७९ रन बनाएको छ ।
अघिल्ला दुइ खेलमा विकेट लिन नसकेका लामिछानेकाे याे टुर्नामेन्टकाे पहिलाे विकेट हाे ।