काठमाडौं, मंसिर ४ : लागूऔषध सहित दुृइ जना पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले सोमबार काठमाडौंको सामाखुसीबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मोरङको मिक्लाजुङ गाउँपालिका स्थायी घर भएका सोनाम तामाङ, काठमाडौंको दक्षिणकाली नगरपालिका बस्ने मिलन केसी रहेका छन् ।
उनिहरुको साथबाट नियन्त्रि मनोद्धिपक लागु औषध डाईजेपाम २३१ एम्पुल, बुप्रेनोर्फिन २३८ एम्पुल र फेनारगन २५२ एम्पुल बरामद गरिएको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ ।