लागूऔषध सहित तीन जना पक्राउ

रिपोर्ट नेपाल | 2023 Mar 14 | 05:12 pm 145

तनहुँ, फागुन ३०ः अवैध लागूऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा रुपन्देही सिद्धार्थ नगरपालिका वडा नं. ६ पिपरैया बस्ने बर्ष ४० का महेस चमार, तनहुँ रिसिङ गाउँपालिका वडा नं. १ सपाङदी बस्ने बर्ष २१ का आकाश गाहा मगर र तनहुँ देबघाट गाउँपालिका वडा नं. २ बैदी बस्ने बर्ष २१ का सुरज थापा रहेका छन् ।

तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटार स्थितमा अस्थाई प्रहरी पोष्ट मुग्लिङ पुलजिप तनहुँबाट खटिएको प्रहरी टोलीले भैरहवाबाट पोखरा तर्फ आउदै गरेको ना ५ ख १८२ नं.को बस
चेकजाँच गर्ने क्रममा बसमा सवार चमारले लिएको झोला भित्रबाट लागूऔषध डाईजेपाम १००
एम्पुल, फेनरागन १०० एम्पुल, नुर्फिन १०० एम्पुल गरी जम्मा ३०० एम्पुल लागूऔषध फेला परेको थियाे ।

सोही बसमा सवार आकाश गाहा मगरको साथबाट लागूऔषध डाईजेपाम १५ एम्पुल, फेनारागन
१५ एम्पुल र नुर्फिन १५ एम्पपुल जम्मा ४५ थान लागूऔषध फेला पारी लागूऔषध कारोबारमा संलग्न रहेका चमार, आकाश गाहा मगर सहित ३ जनालाई नियन्त्रणमा लिई आजै सम्मानित तनहूँ जिल्ला अदालत उपस्थित गराई १० दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.