बर्दिया, साउन १५ः अवैध लागूऔषध (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बर्दिया मधुबन नगरपालिका वडा न. ८ गाउँ नं. ६ बस्ने दोर्णराज गुरुङ र बेद प्रसाद जैसी रहेका छन् ।
शनिबार बेलुका जिल्ला बर्दिया मधुबन नगरपालिका -०८ कुसुम्बाघाट क्षेत्रको जंगलमा अबैध लागु औषध (ब्राउन सुगर) कारोबार भईरहेको छ भन्ने विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ढोढरीबाट प्रहरी टोली खटिई खोजतलास गर्ने क्रममा ६४० मिलि ग्रामकाे २ वटा प्लाष्टिकमा पोका पारेर राखेको लागूऔषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेकाे थियाे ।
उक्त लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानको शिलसिलामा दोर्णराज गुरुङको घर कोठाको खानतलासी गर्दा घरको भित्तामा लुकाई छिपाइ राखेको ४२० मिलि ग्राम (२५ पुडिया) लागु औषध (ब्राउनसुगर) जस्तो देखिने खैरो धुलो पदार्थ समेत गरि जम्मा १.०६ ग्राम लागु औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरि सम्मानित बर्दिया जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरी नायब उपरीक्षक सूर्य प्रकाश सुवेदीले बताए ।