लागूऔषध चरेश सहित एक पक्राउ

रिपोर्ट नेपाल | 2018 May 31 | 01:16 pm 3207

पर्सा, १७ जेठ : लागू औषधिसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गोरखा आलेगाउँ-२ का ३२ वर्षीय सोनाम्दी बोहोरालाई १ केजी चरेश सहित बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

वीरगन्ज महानगरपालिका-१६ शंकराचार्य गेटबाट बोहोरालाई पक्राउ गरेको हो । बोहोरा काठमाडौं महानगरपालिका-१५ डेरा गरी बस्दै आएका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.