लागूऔषध कारोबारी गर्ने दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2021 Jan 10 | 09:05 pm 2233

काठमाडाैं, पुस २६ः लागूऔषध कारोबार गर्ने दुई जनालाई अपराध महाशाखाकाे टाेलीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा मकवानपुर, ईन्द्रसरोवर गाउँपालिका ४ राकसखोलाका ४५ बर्षीय तिर्थ बहादुर गोले र भोजपुर, टेम्केमैयुङ् गाउँपालिका ८ लेखर्कका ३० बर्षीय प्रकाश सुयल रहेका छन् ।

उनीहरूलाई गोप्य सूचनाको आधारमा महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले आइतबार कामनपा १४ कुलेश्वर स्थित होटेलमा शंका लागि चेकजाँच तथा खानतलासी गर्ने क्रममा तिर्थ बहादुर गोलेको साथबाट १ किलाे १ सय ग्राम लागूऔषध अफिम जस्तो देखिने पदार्थ फेला पारी पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएकाे छ।

.

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.