लागूऔषध तथा मेडिकलकाे सामानसहित तीन जना पक्राउ

| 2021 Jun 02 | 07:45 pm 3073

झापा, जेठ १९ः जिल्लाको मेचीनगर नगरपालिका ७ सतिघट्टास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको दमक नगरपालिका ५ बस्ने २५ वर्षीय साजन भुजेल र सोही नगरपालिका १३ बस्ने ३० वर्षीय जीवन दंगाल रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सतिघट्टाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा डाईजापाम सिरिन्ज ३८ वटा, लुपिजेसिक सिरिन्ज ३८ वटा
र प्रोमेथाजिन सिरिन्ज ३८ वटा फेला पारेको थियो ।

उनीहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

मेडिकलको सामानसहित एक जना पक्राउ
सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ तीनकुनेस्थित पूर्व–पश्चिम लोकमार्गबाट सशस्त्र प्रहरीले करीव ४ लाख ३० हजार रुपैयाँ बराबरको विभिन्न किसिमका मेडिकलको सामानसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा जिल्लाको सुरुङ्गा नगरपालिका ४ बस्ने ४४ वर्षीय अम्बर कार्की रहेका छन् ।

काठमाडौंबाट दमकतर्फ जाँदै गरेको बा १६ च ५४६१ नम्बरको बलेरो गाडीमा अवैध रुपले लैजाँदै गरेको उल्लेखित मुल्य बराबरको उक्त मेडिकलको सामानको बिल फेला नपरेपछि उनलाई उक्त गाडीसहितै पक्राउ गरिएको हो । पक्राउ परेका कार्की उक्त गाडीका चालक रहेका छन् ।

उनलाई बरामद मेडिकलको सामान तथा गाडीसहित आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय ईटहरीमा बुझाईएको छ ।

चोरीपैठारीको मोवाईल सेट बरामद 
बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ जयसपुरस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव २ लाख ७० हजार रुपैयाँ बराबरको चोरीपैठारीको आईटिएल कम्पनीको १ सय ८० वटा मोवाईल सेट बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त मोवाईल सेट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जयसपुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद मोवाईल सेट भन्सार कार्यालय जमुनाहमा बुझाईएको छ।

लागूऔषध बरामद 
पर्सा जिल्लाको बिरगंज महानगरपालिका १७ अलौस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले ४ सय ७७ बोतल कोरेक्स नामक लागूऔषध बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट अलौबाट खटिएको सशस्त्र प्रहरीलाई देख्नसाथै निजले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि उक्त झोलामा जाँच गर्दा उल्लेखित लागूऔषध फेला परेको थियो ।

यसैगरी सिरहा जिल्लाको भगवानपुर गाउँपालिका ४ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ईनरुवाबाट खटिएको सशस्त्र प्रहरीले फेनारगन ७० वटा, डाईजेपाम ७० वटा, नोफिन ७० वटा, डाईलेक्स डिसी १३ बोतल र ३ सय वटा नाईट्राभेट ट्याब्लेट बरामद गरेको हो ।

उक्त लागूऔषध ल्याउने व्यक्ति सशस्त्र प्रहरीलाई देख्नासाथै सोही ठाउँमा छाडी फरार भएका थिए । बरामद लागूऔषध नेपाल प्रहरीलाई बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.