लागूऔषधसहित सशस्त्र प्रहरीद्धारा एक जना पक्राउ तथा चोरीपैठारीको लत्ताकपडा बरामद

| 2021 Oct 31 | 06:25 pm 1217

कञ्चनपुर, कात्तिक १४ः जिल्लाको पुनर्वास नगरपालिका ११ डोके बजारबाट सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ३ बस्ने २३ बर्षीय बिजय नेपालीलाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका निज नेपालीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोके बजारबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्रोभेट ट्याब्लेट १० वटा र प्रोक्सीवेल  स्पास ट्याब्लेट ४२ वटा फेला पारेको हो । पक्राउ परेका नेपालीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

चोरीपैठारीको लत्ताकपडा बरामद
सिरहा जिल्लाको औरही गाउँपालिका ५ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव १ लाख १५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट इट्टाटारबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कलैयाबाट खटिएको सशस्त्र प्रहरीले भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको करीव १ लाख १३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बारा जिल्लाको फेटा गाउँपालिका २ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।बरामद लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.