लागूऔषधसहित तीन जना पक्राउ

| 2021 Jun 09 | 06:45 pm 117

झापा, जेठ २६ः जिल्लाको कचनकवल गाउँपालिका १ स्थित उग्र गाउँ ईलाकाबाट सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको बिर्तामोड नगरपालिका २ बस्ने ३० वर्षीय जीवन धौराली, २२ वर्षीय सुनिल मिश्र र २८ वर्षीय सुरेन्द्र ढकाल रहेका छन् ।

मे ९ प ४२१९  नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट घेराबारीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा कोडिन फोस्पेट
क्लोरफेनारमिन सिरफ १४ बोतल, निट्राजेपाम ट्याब्लेट ७४ वटा र २६ ग्राम गाँजा फेला पारेको थियो ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

गन्धकसहित पक्राउ
वीरगंज महानगरपालिका २५ स्थित रेलगेटबाट सशस्त्र प्रहरीले बिस्फोटक पदार्थमा प्रयोग हुने करीव १० के.जी. गन्धकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको वीरगंज महानगरपालिका ९ बस्ने ३८ वर्षीय
श्यामबाबु प्रसाद कलवार रहेका छन् ।

प्र ०२–०३–०९९ प ६८३७ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका कलवारलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ड्राईपोटबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त गन्धक फेला
पारेको हो । त्यसवेला उक्त स्कुटर समेत बरामद गरिएको छ ।

तालमा डुवेका एक जनाको शव सशस्त्र प्रहरीद्वारा फेला 
मुस्ताङ्ग जिल्लाको थासाङ गाउँपालिका २ भन्ज्याङ्ग स्थित सेखुम तालमा डुवेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।

म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका १ दोभा घर भएका २२ वर्षीय रेमश पुनमगर उक्त तालमा माछा मार्ने क्रममा डुवेर बेपत्ता भएका बताईएको छ ।  सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङ्गबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले उनको शव उक्त तालबाट बाहिर निकालेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.