लागु औषध सहित भुवन के.सी. पक्राउ

रिपोर्ट नेपाल | 2023 Sep 17 | 04:09 pm 1353

नवलपरासी, भदाै ३१ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.) बाट खटिएको प्रहरी टोलीले  नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका वडा नं. ०१ निलोगेट स्थित शंकास्पद अवस्थामा हिडिरहेका दाङ घोराही उप-महानगरपालिका वडा नं. ११ बस्ने वर्ष ३० को भुवन के.सी.लाई लागु औषध सहित पक्राउ गरेको छ ।

चेकजाँच गर्ने क्रममा उनले बोकिरहेको प्लाष्टिक बोराको झोला भित्र  नियन्त्रित लागु औषध (मनोद्धिपक पदार्थ) नुफिन १२० एम्पुल, फेनारगन १२३ एम्पुल, डाईजेपाम १२१ एम्पुल र नाईट्राभेट-१० लेखेको ११७ ट्यावलेट लुकाई छिपाई राखेको अवस्थामा फेला परेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.