लागु औषध कारोबारमा संलग्न ३ जना पक्राउ

रिपोर्ट नेपाल | 2018 Dec 11 | 04:35 pm 1678

काठमाडौं, मंसिर २५ : प्रहरीले लागु औषध कारोबारमा संलग्न ३ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी लागू औषध डाईजेल्याब २ सय एम्पुल, बुप्रेनुर्फिन २ सय एम्पुल र फेनारगन २ सय एम्पुलसहित बाराकी पुनमकुमारी सहनी, पर्साका नरेश सहनी र पर्साकै सुवास सहनीलाई वीरगंजमा पक्राउ गरी काठमाडौं ल्याइएको जानकारी गराएको हो।

प्रहरीको वान्टेड सूचीमै रहेका तीनै जनालाई पक्राउ गरी आवश्यक कार्वाही प्रक्रिया अघि बढाइएको व्युरोका प्रमुख प्रहरी नायव महानिरीक्षक दिनेश अमात्यले जानकारी दिए। उनीहरुले भारतबाट लागु पदार्थ नेपाल भित्रयाउने र यहाँबाट अन्यत्र मुलुकमा पठाउने गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.