काठमाडौँ, आश्विन २ / प्रहरीले लागुऔषध चरेससहित वीरगञ्ज महानगरपालिका-२ डम्पिङ साइडबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीले भारत उत्तर प्रदेश कुडोल फतेहावादका गोपाल गिरीलाई सोमबार पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा खानतलासी गर्ने क्रममा गरीले बोकेको प्लाष्टिकको झोलामा करिब तीन किलोग्राम चरेस फेला परेको थियो ।
पक्राउ परेका गिरीविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।