लाखाैको लत्ताकपडासहित मोटरसाईकल बरामद

रिपोर्ट नेपाल | 2023 Jul 25 | 02:36 pm 1793

कपिलवस्तु, साउन ९ । जिल्लाको बिजयनगर गाउँपालिका १ जवाबैराठ ईलाकाबाट सशस्त्र प्रहरीले करीव ३७ लाख २० हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा मोटरसाईकल बरामद गरेको छ ।

जंगल ईलाकामा वेवारिसे अवस्थामा रहेको सो लत्ताकपडा तथा भारतीय नम्बर प्लेटका चार वटा मोटरसाईकल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरले बरामद गरेको हो । बरामद लत्ताकपडा तथा मोटरसाईकल कृष्णनगर भन्सार कार्यालय कपिलवस्तुमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.