‘लाइफ ड्यामेज’ अघोरी बाबा र उनकी श्रीमती पक्राउ

रिपोर्ट नेपाल | 2019 Nov 11 | 02:57 pm 2276

काठमाडौं, कात्तिक २५ : सामाजिक सञ्जालमा ‘अघोरी बाबा’ भनेर चर्चित विजय केसी र उनकी श्रीमती पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता होविन्द्र बोगटीका अनुसार बाबाले विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेपछि महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो ।

उनकी श्रीमती शारदा पाण्डेले चितवनकी एक युवतीलाई अमेरिका पठाउने भन्दै आफ्ना पूर्वपतिसँग विवाह गराएको तर पैसा लिएर पनि अमेरिका नलगेपछि ती युवतीले प्रहरीमा उजुरी दिएकी थिइन् ।

अहिले बाबा र उनकी पत्नीलाई पनि बौद्ध प्रहरीले सोधपुछ गरिरहेको छ । केसी ‘लाइफ ड्यामेज’ भन्दै सामाजिक सञ्जालमा भाइरल भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.