काठमाडाैं, साउन १८: “रक्तदान – जिवनदान मानवता र पर्यटनलाई रक्तदान” नेपालमा बहुप्रतिक्षारत “पर्यटन बर्ष २०२०” आउन लागेको बेला कुनै पनि स्वदेशी-बिदेशी नागरिकले दुर्घटनामा पर्दा रगत अभावमा मृत्यु हुनुपर्ने अवस्था नाअओस भनेर लायन्स क्लबले सामुहिक रक्तदान कार्यक्रम गरेको युवानेता क्षितिज भण्डारीले बताए ।
काठमाडौंकाे ठमेलिस्थित नरसिंह चोकमा बिहान ९ बजे देखि संचालन भएकाे उक्त कार्यक्रम दिउसो ४ बजे सम्म रक्तादान जारी रहेकाे लायन्स क्लब अफ काठमाडौं नेपालका अध्यक्ष रबि धमला ले बताए ।
रक्तदाता महानुभावलाई विशेष सम्मानपत्र अनि अण्डा, फलफूल, जुस र खाना सहित सहित रक्तचाप परिक्षणको ब्यवस्था गरेको आयोजक अध्यक्ष लयान्स कल्ब अफ काठमाडौं, ठमेलका दिनेश शाहीले जानकारी दिए ।
अनिईबिजा क्लबकाे अध्यक्ष रोशन झाले इबिज़ा र लायन्स क्लब अफ काठमाडौं ठमेल युनाईटेड, रसलाईट मिडिया, नेरामो संघ आदिको सयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको हुँदा उक्त कार्यक्रम भब्य रुपमा सफल हुनमा लायन्स क्लबका सम्पूर्ण सदस्यमित्र तथा ठमेल पर्यटन बोर्ड र ब्यवसायी साथीभाईहरू योगदान रहेको बताए ।
लायन्स कल्ब ३२५-बि जोन अध्यक्ष एवं समाजसेवी युवा दावा तामाङ्गको सक्रियतामा यस अघि पनि बाढी पीडितलाई २० लाख को राहत वितरण भएको अनि आजको रक्तदान मा पनि उनको विशेष सहयोग रहेको रसलाईट मिडियाकी अध्यक्ष रमिता भण्डारीले बताईन।
कार्यक्रम सल्लाहकार ऋषि धमला, समाजसेवी क्षितिज भण्डारी, स्थानीय निकायका निर्वाचित वडा अध्यक्ष, मोनोरेल इन्टानेशनल का उपाध्यक्ष अजय सत्याल, सोह्रखुट्टे वृत्तका डिएसपी, नायकनायिकाहरु र खेलाडीको उपस्थिति रहेको संघ प्रवक्ता खगेस रन्जितकारले बताए ।