- महेश सिंह
सिरहा, माघ ६ः २०६३ माघ ५ गते मधेश आन्दोलनको क्रममा सिरहाको तत्कालीन गाबिस मझौरा वडा नम्बर ५ हाल नबराजपुर गाउँपालिका ३ को रबि महतोको कान्छो छोरा विद्यार्थी रमेश महतो सहिद भएका थिए।
पहिलो सहिद महतोको सम्झनामा मधेसी राजनीति दलहरुले प्रत्येक बर्ष माघ ५ गतेका दिन लहानमा बलिदानी दिवस मनाइँदै आएको छ। प्रदेश २ सरकारले सोमबार बलिदानी दिवसको दिन बिगत ३ वर्ष देखि माघ ५ गतेलाई प्रदेश सरकारले सार्वजनिक बिदा दिने गरेका छन् ।

सोही समय मधेसमा भने अर्को आन्दोलनको बीजारोपण भइरहेको थियो। असन्तुष्टि थियो– नेपालको प्रत्येक अधिकार प्राप्तिका आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको मधेसको अधिकारका लागि कुनै पनि दल वा सरकारले गम्भिरता देखाएनन्।
आन्दोलनको झिल्को बालेको थियो उपेन्द्र यादवले गठन गरेको मधेसी जनअधिकार फोरमले अर्का मधेस आन्दोलनकारी युवा दिनेश्वर प्रसाद गुप्ता, कृष्ण बहादुर यादव, राज लाल यादव, राज कुमार गुप्ता राजु, परियाग लाल यादव, रामउदगार यादव साने, राम चलितर महतो, शत्रुधन महतो कोईरी, दिनेश महतो, दिपेश यादव, भरत साह ,राम बहादुर महतो, रिझन यादव, सरिता राम,ललिता दास ,रिता यादव, राकेश रोशन गुप्ता , राम पुकार यादव, रामउदगार महतो,प्रमोद महतो ,रामु महतो, मनोज यादव मनजे ,बिजय यादव, विवेक दास लगायत सयौं युवा नेताहरु पछाडि थिए।

आन्दोलन सफल भएर देश संघीयतामा मोड लिएको छ । अहिले उनीहरुको बिचल्ली भएको छ।
अहिले हामीहरु राजनीति केही नेताहरुको ब्यक्तिगत स्वास्थको कारण आफू पछाडि परेको पत्रकार महेश सिंह महतोलाई अभिब्यक्ती दिएका थिए। मधेसीको अवस्था पनि फरक छैन। नेपाल सरकारको अर्थ मन्त्री बिजय यादव र कृषि मन्त्री सैलेन्द्र साहको समेत उपस्थिति रहेको थियो ।
मन्त्री साहको अनुसार लहान भनेको आन्दोलनको उदगम बिन्दु हो । मधेस आन्दोलनको पहिलो सहिद लहान मै भएकोले हामी सबै मधेस बादी राजनीति पार्टीहरुले लहानमा प्रत्येक सहिदहरुको सम्मानको लागि घाटना भएको दिन सम्झिन्छौं । उक्त सहिदहरुको सालिकमा फुल अबिर अर्पण गरी श्रद्धाञ्जली मनाउने गरेका छौँ । मधेस अधिकारको आन्दोलनमा आफ्नो सारा ऊर्जा लगाएका पत्रकार महासंघ सिरहाको सभापति गुप्ता र यादव पुर्वले अर्जेको पैत्रिक सम्पत्ति बेचदै त्यो पैसाले घरपरिवार चलाउँछन्। अर्थात् उनले कुनै लाभको पद पाएनन्। आखिर मधेस आन्दोलन गरेर दुःख मात्र पाए उनीहरुको भनाई छ । यिनिहरु नै लहान आन्दोलनका अग्रज ब्यक्तिहरु थिए ।

केन्द्रीय उप महासचिब प्रकाश अधिकारी लगायत कृषि मन्त्री सैलेन्द्र साह, अर्थ मन्त्री बिजय यादव लगायतका हजारौं पार्टीका नेताहरुले लहान स्थित रहेको सहिदको सालिकमा माला अर्पन गरी सहिदलाई सम्मान र श्रद्धाञ्जली मेला मनाएका थिए ।
अर्को जनता समाज बादी पार्टीका सितल साह, बलिराम यादव, नेतृ भार्ति गुप्ता, बिनिता चौधरी सन्ध्या पासमान, मनोज यादव मन्जे, भोगि पासमान लगायतका नेताहरुले लहानको सडक बिभागबाट निकालीएको र्याली नगपरिक्रमा गरी सहिद रमेश महतो लगायतका सालिकमा माला अर्पण गरी कोण सभामा परिन गरेका थिए ।
अर्को सिके राउत नेतृत्वको जनमत पार्टीका बिशाल र्याली र श्रद्धाञ्जली सभा रहेको थियो । अर्को जनमत पार्टीबाट छुट्टीएका कैलास महतो नेतृत्वका एक समुहले सहिदहरुलाई माला अर्पण गरी लहान स्थित रहेको लक्षमण ललिता कुशवाहा उच्च माध्यमिक विद्यालयमा मंचिग्ङ कार्यक्रम रहेको युवा नेता देब कान्त सिंहले जानकारी दिए।

डा सीके राउत नेतृत्वको जनमत पार्टीले भने लहानको पशुपति आदर्श उच्च माध्यमिक विद्यालय प्राङ्गणमा ठूलो श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । सबै राजनीति दलका नेता मन्त्रीहरुले सहिदहरुको चर्चा गरेका थिए भने सहिद परिवारहरुको नेता प्रतिको क्रेज घटेको देखिएको थियो ।
मधेसमा चाहेको जस्तो विकासको अनुभूति हुन सकेन। मधेसी जनताले काठमाडौंका शासकको भन्दा पृथक शासन सोचेका थिए, तर त्यस्तो हुन सकेको छैन, उनी भन्छन्।
भने मधेस र मधेसी जनताले आन्दोलनबाट केही नगुमाएको तर्क गर्छन्। बरु केही मधेसी नेताहरुले विश्वास गुमाएको उनले स्वीकार गरे।