लहानमा एल.आर.एल प्याथोलोजी ल्यावद्वारा शिविर संचालन

रिपोर्ट नेपाल | 2023 Jan 07 | 04:58 pm 1285

  • महेश सिंह

सिरहा लहान, पुस २३ः सिरहाको लहान नगरपालिका ३ अस्पताल चाेक स्थित बिगत लामो समय देखि संचालनमा रहेको एल.आर.एल प्याथोलोजी ल्यावद्वारा सबै किसिमको बिरामीहरुका लागि ल्याब शिविर संचालन गरिएको छ । उक्त प्याथोलोजीले लहानमा छुट्टै पहिचान बनाउन सफल संस्थाको रूपमा स्थापित भएको संस्था हो।

No description available.

शिविरमा बिरामीहरुले जाच गराउन एका बिहानै देखि भिड लागेका छन्। शनिबारको शिबिरमा करिब २५ सय बिरामी जाँच गर्ने एल.आर.एल.प्याथोलोजी ल्यावका संचालक बिजय कुमार यादवले बताए।

No description available.

शिबिरमा सुगर रोग लगायत दर्जनौं बिरामीहरुको रगक्त जाँच गरिने छ। दक्ष अनुभवी स्वास्थ कर्मीहरुले आधुनिक मेसिनद्वारा बिश्वास्नियताको साथ जाँच गरिने आयोजकले बताए। शनिबार बिहान ५ बजे देखि सुरु भएको शिबिर बेलुका करिब ५ बजे सम्म संचालनमा रहने बताए।

स्वर्गीय बैजनाथ यादवको स्मृतिमा एल.आर.एल.प्याथोलोजी ल्यावले भब्य शिबिरको आयोजना गरिएको हो। लहानमा सबैभन्दा गुणस्तरीय र बिश्वासिलो जाँचले गर्दा उक्त ल्याबमा बिरामीहरुको भिड लागने गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.