लहानमा अन्तर्राष्ट्रिय योग दिवस भब्यताकासाथ सम्पन्न

रिपोर्ट नेपाल | 2022 Jun 23 | 11:57 am 557

सिरहा, असार ९ः सिरहाको लहान ४ मा रहेको सुविधा सम्पन्न पतंजली योग आयुर्वेद आश्रममा आयोजना गरेको अन्तर्राष्ट्रिय योग दिवसको उद्घाटन लहान नगरपालिकाकाा उपमेयर रामचलितर महतोले पानसमा बत्तीबालेर गरेका थिए ।

No description available.

कार्यक्रमको अध्यक्षता पतंजली योग आयुर्वेद आश्रम लहान सिरहाको अध्यक्ष डा वीपी चौधरीले गरेका थिए भने, अतिथिमा लहान नगरपालिका वडा नं २३ को अध्यक्ष बद्री यादव, वडा नं २४ को वडा अध्यक्ष रासलाल यादव वडा नं ४ को अध्यक्ष राम नाथ पण्डित योग गुरु रोहित न्यौपाने लगायतका अतिथिहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा उपमेयर महतोले यस संस्थाले योगको माध्यमबाट लहान नगरपालिका वासिलाई स्वास्थ्य र समुन्नत समाज निर्माण गर्ने कार्य निरन्तर गरिएकोले यसको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै पतंजली योग समितिको जिल्ला अध्यक्ष डा वीपी चौधरीले पूर्ण निष्ठाको साथ यस संस्थामा लागेको कारण आज यो अवस्थामा पुगेको चर्चा गरेका थिए ।

No description available.

जिल्ला अध्यक्ष चौधरीले योग दिवसको अवसरमा विश्वमा लगभग ४५ लाख योगीहरु यस कार्यक्रममा एकैसाथ विभिन्न ठाउँमा सहभागी भएको बताए । योग नै मानव जिवनको प्रमुख आधार भएकोले यसको विकास गर्नमा सरोकारवला सबै पक्षले सहयोग गरे यो आश्रम मधेस प्रदेशको नमुना बन्ने बताए ।

वडा अध्यक्ष रायले यस संस्थाको शाखा प्रत्येक वडामा हुनुपर्नेमा जोड दिए। समितिको जिल्ला मिडिया प्रभारी शिव कुमार शाहले यस समितिलाई यहाँ सम्म पुर्‍याउन समितिको अध्यक्ष डा वीपी चौधरीको महत्त्वपूर्ण योगदान रहेको कारण आज हामीले आफ्नै भवनमा योग दिवस मनाई रहेको बताए ।

भौतिक पक्षको विकासका लागि लहान नगरपालिकाबाट सहयोग भए यस संस्थाले थप सेवा प्रदान गर्ने जनाए ।कार्यक्रम संचालन संजय अग्रवालले गरेका थिए भने अतिथि सत्कार आश्रमको कार्यालय प्रभारी अशोक स्वर्णकारले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.