काठमाडौँ, असार १२ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा भाटभटेनी सुपरमार्केटका संचालक मिन बहादुर गुरुङ पक्राउ परे लगत्तै थप ४ जना आरोपीलाई सिआइवीले पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेहरुमा भुमीसुधार तथा व्यवस्था विभागका कर्मचारी सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन प्रमुख कलाधर देउजा, धर्म प्रसाद गौतम र हुपेन्द्रमणी केसी रहेका छन् । उनीहरुलाई राजधानीका विभिन्न ठाउँबाट पक्राउ गरिएको सिआइवीले जनाएको छ ।
आरोपित कर्मचारीहरु २०४९ सालदेखि २०६६ सम्म मालपोत कार्यालय र भूमि सुधार तथा व्यवस्था विभागमा कार्यरत थिए । आरोपित सहित राजनीतिक, प्रशासनिक, व्यापारिक र भूमाफियाको मिलेमतोमा सरकारी कागजात किर्ते गरेर सरकारी जग्गा हडपिएको सीआईबीको दावी रहेको छ ।