काठमाडौँ, साउन ८ । बहुचर्चित ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । उक्त जग्गा हिनामिना प्रकरणमा संलग्न रही नक्कली मोही बन्दै जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सञ्जय महर्जन र सकुलानन्द महर्जनलाई सोमबार पक्राउ गरेको हो ।
उनीहरुलाई ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको सीआइबीका एसएसपी दिनेश आचार्यले बताए । अब ललिता प्रकरणमा पक्राउ पर्नेको संख्या २२ पुगेको छ ।