ललितपुरको एक कवाडी गोदाममा आगलागी नियन्त्रणमा लिने प्रयास

रिपोर्ट नेपाल | 2020 Feb 02 | 01:25 pm 1732

ललितपुर, माघ १९: आइतबार बिहान ललितपुरस्थित पुल्चोक नजिकैको बखुण्डोलमा भिषण आगोलागी भएको छ । आगोलागीमा फसिँरहेक एक जनालाई उद्धार गरिएको छ । उनी आंशिक रुपमा जलेका छन् ।

पुल्चोकस्थित रहेको उत्तर कोरियाली दूतावास नजिकै रहेको एक कवाडीखानामा भीषण आगलागी भएको हो ।

बिहान सवा ११ बजेदेखि लागेको आगो नियन्त्रण बाहिर गएको छ । आगो विद्युत सर्ट भएर लागेको हुन सक्ने प्रहरीले अनुमान लगाएको छ।

उक्त कवाडीखानाभित्र अरु पनि मानिसहरु रहेको हुनसक्ने आशंका गरिएको भएपनि अहिलेसम्म पुष्टि भइसकेको छैन । घाइते अवस्थाका व्यक्ति जल्दै बाहिर निस्केका थिए ।

अहिले उपत्यकाको तीनवटै जिल्लाका दमकल, सुरक्षा निकाय र स्थानीयबासीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.