काठमाडौँ, साउन ७ । लघुवित्तिय संस्थाबाट पीडित भएका ऋृणीको अधिकारका लागी लड्दै आएको लघुवित्तिय संस्था विरुद्धको संघर्ष समितिले आज शक्ति प्रदर्शन गरेको छ ।
समितिको आव्हानमा आयोजित सिंहदरवार घेराउ कार्यक्रममा नव सामन्तीको रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज गर्न, लघुवित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्न, गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर्ने लगायतका माग राखिएको छ ।
माइतीघर मण्डलाबाट शुरु भएको विशाल जुलुस थापाथली, त्रिपुरेश्वर, सुन्धारा, जमल, घण्टाघर हुँदै भद्रकाली पुगेर कोणसभामा परिणत भएको थियो ।