लक्ष्मण ललिता कुशवाहा विद्यालयद्वारा सम्मान तथा उद्घाटन कार्यक्रम

रिपोर्ट नेपाल | 2022 Jun 28 | 08:54 am 2797

सिरहा, असार १४ः लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालय लहान ३ रघुनाथपुरले सिरहा जिल्ला समन्वय समिति सिरहाका नव निर्वाचित प्रमुख दिनेश महतो, लहान नगरपालिकाका नव निर्वाचित नगर प्रमुख महेश प्रशाद चौधरी उपप्रमुख राम चलितर महतो, वडा अध्यक्ष रामदयाल महतोलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम नारायण मेहता, संस्थापक लक्ष्मण मेहताले दोसल्ला ओढाएर सम्मान गरेका थिए।

No description available.

कार्यक्रममा जिल्ला समन्वय समितिको प्रमुख दिनेश महतोले आफू यस जिल्लाको चौतर्फि विकासमा निरन्तर लागेर दिगो विकासको अवधारणा अनुरुप विकास गर्ने जस अन्तरगत शिक्षाको विकास पहिलो प्राथमिकता रहेकोले यस विद्यालयको विकासको लागि हामीले सक्दो सहयोग गर्ने जनाए ।

लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले शिक्षामा गुणात्मक सुधार ल्याउन विद्यालयमा खाजा कार्यक्रम दलित वस्तिमा ट्युसन कक्षा र शिक्षक अपुग भएको विद्यालयमा लहान नगरपालिकाबाट शिक्षक नियुक्ति गरेर पठन पाठन प्रभावकारी बनाउन लागेको कुरा ब्यक्त गरे। उप प्रमुख राम चलितर महतोले यो विद्यालय नेपाल र भारतमा प्रख्यात रहेको र सगरमाथा चौधरी आँखा अस्पतालको नजिकै रहेकोले यसलाई सुविधायुक्त, सुन्दर र गुणस्तरीय बनाउनु पर्नेमा जोड दिन यसको लागि लहान नगरपालिकाबाट सहयोग गर्ने जनाए ।

विद्यालयको पूर्व क्षेत्रमा बनाएको नव निर्मित सुविधा सम्पन्न कार्यक्रम हलको उद्घाटन संस्थापक दाता लक्ष्मण मेहताले रिवन काटेर गरेका थिए । कार्यक्रमको अन्तमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम नारायण मेहताले यो विद्यालय शिक्षा क्षेत्रमा छुट्टै ठोस योगदान पुर्‍याउन अगाडि बढीरहेकोले यसको भौतिक पक्षको विकासमा लहान नगरपालिकाबाट सहयोग भए विद्यालयको थप विकासमा सहयोग हुने जनाए ।

त्यस्तै लहान वडा नं ८ मा रहेको कुशवाहा नेवी ठकनी सदनले आयोजना गरेको सम्मान कार्यक्रममा दाता लक्ष्मण मेहता प्रमुख अतिथि विश्वनाथ महतोले जिल्ला समन्वय समितिको प्रमुख दिनेश महतो र लहान नपा उप प्रमुख राम चलितर महतो, वडा नं ३ को वडा अध्यक्ष राम दयाल महतो लगायत कुशवाहा समाजबाट नव निर्वाचित जन प्रतिनिधिहरुलाई दोसाल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा लहान नपा उपमेयर महतोले यस सदनको विकासको लागि लहान नपाबाट दस लाख सहयोग गर्ने घोषणा गरे भने जिल्ला समन्वय प्रमुख महतोले यस जिल्लामा रहेको सरोकारवाला सबै संस्थाबाट जिल्ला बासिलाई प्रभावकारी सेवा प्रदान गराउन आफू निरन्तर लागि रहने जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.