लकडाउन अवज्ञा गर्ने १३ जना प्रहरी नियन्त्रणमा

रिपोर्ट नेपाल | 2020 Apr 07 | 09:51 pm 2140

बारा, चैत २५ः नेपाल सरकारको निर्णय तथा जिल्ला प्रशासन कार्यालय बाराद्वारा जारी भएको निषेधाज्ञा आदेशलाई पालना गराउने सिलसिलामा मंगलबार कलैया उपमहानगरपालिका वडा नं. ३ स्थित सिसहनिया चोकमा भारत घर भई चितवन जिल्ला स्थित ईट्टा उद्याेमा काम गर्ने ९ जना भारतीय नागरिकलाई र ४ जना नेपालीलाई घुमफिर गरी रहेको अवस्थामा नियन्त्रणमा लिएकाे प्रहरीले जानकारी दिएकाे छ ।

९ जना  भारतीय नागरिलाई कलैया अस्पतालमा आवश्यक चेकजाँच पश्चात  कलैया उपमहानगरपालिका वडा नं.३ स्थित शिक्षा तालिम केन्द्र बारामा रहेको क्वारेन्टाईनमा पठाइएको र ४ जना नेपालीलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय बारामा पठाई जरिवाना पश्चात छाडिएको प्रहरीले जनाए ।

साथै, लकडाउनकाे अवज्ञा गर्ने २५ वटा मोटरसाइकल र १ वटा ट्रेक्टरका डकुमेन्ट तथा साधन समेत नियन्त्रणमा लिई जरिवाना गरी छाडिएको तथा हालसम्म यस जिल्ला अन्तर्गत ९१ जना पुरूष र ४ जना महिला गरी ९५ जना क्वारेनटाईन र १५ जना पुरूष र १० जना महिला गरी २५ जना होम क्वारेनटाईनमा रहेको प्रहरीले जानकारी दिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.