लकडाउनले नेपालगन्ज सुनसान भएपनि नाकामा भिड कायमै

| 2021 Apr 23 | 08:03 am 133

बाँके बैशाख १०: नेपालगन्जमा कोरोना संक्रमणका बिरामी दिनहु ह्वात्तै बढेपछि लगाईएको एकहप्ते लकडाउनले यहाँको जनजीबन प्रभावित भएको छ । कोरोना संक्रमण दर बढेको भन्दै त्यसको चेन ब्रेक गर्न लकडाउन गरिएको बताईएपनि संक्रमण कमि आउन सकेको छैन रिपोर्ट नेपाललाई प्राप्त जानकारी अनुसार लकडाउनको पहिलो दिन भेरी अस्पतालमा २ सय ४ जना संक्रमित बिरामी थपिएको अस्पताल प्रशासनले जनाएको छ । छिमिकी मुलुक भारतबाट आएका आठ जनामा कोरोना पुष्टि भएपछी नेपालगन्जमा कोरोना संक्रमण बढ्दो अबस्थामा रहेको छ । यो बेलामा संक्रमणलाई निस्तेज पार्न मानिसको भिडभाडलाई नियन्त्रण गर्न सकेपछि कोरोनाको चेन ब्रेक हुने निष्कर्ष सरोकार वालाले निकालेका छन्। जिल्ला प्रशासन कार्यालय बाँकेमा सरोकारवालाको छलफल बाट लकडाउन गरिए पछि स्थानीयले तयसको पालना गरेका छन् । लकडाउनको पहिलो दिन नेपालगन्ज शहर र सडक सुनसान देखिए पनि दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्ने मजदुरलाई भने लकडाउनले प्रभावित पारेको छ।

नेपालगन्ज बजार कलकारखाना लगायत भिन्न संघसस्था बन्द रहेपनि नाकामा भने भारत बाट भित्रिनिको बिहीबार भीड नै लागेको थियो । भारतबाट घर फर्किएका नेपालीहरुको भीडलाई व्यवस्थित गर्न जिल्लाका सुरक्षा अधिकारीहरु नाकामै पुगेका थिए । भारतको दिल्ली, गुजरात, मुम्बईलगायतका शहरमा कोरोना महामारीका रूपमा फैलिएपछि त्यस क्षेत्रमा रहेका नेपालीहरु धमाधम घर फर्किरहेका छन् ।नेपालगन्ज नाकामा एकातिर भारतबाट आएकालाई व्यवस्थित तरिकाले घरतर्फ पठाउनु छ भने अर्कोतिर जाँच गर्नु पर्नेछ । नाकामा बिहीबार मात्रै आठ जनामा कोरोना पुष्टि भयो ।

भारतका विभिन्न शहरबाट आएका दैलेख, बर्दिया, कञ्चनपुर र दाङका आठ जनामा कोरोना पुष्टि भएको थियो भने सिमा नाकामा बिहीबार २५ जना शंकास्पदलाई जाँच गरिएको थियो । त्यसमा दैलेखका तीन जना, बर्दिया र कञ्चनपुरका २-२ जना र दाङका एक जनालाई कोरोना पुष्टि भएको हो । आठ जना कोरोना देखिएका मध्येमा ६ जना गुजरात, राजस्थान र गोवाबाट एक-एक जना आएका थिए ।

चैत ११ गतेपछि नेपालगन्ज नाकामा हेल्थ डेस्क राखिएको छ । त्यसयता अहिलेसम्म ३५ जनालाई कोरोना पुष्टि भइसकेको छ । भारतबाट आउँदा कोरोना पुष्टि भएका व्यक्तिलाई शुरुमा सम्बन्धित जिल्लामा पठाउने गरे पनि अहिले नेपालगन्जमै राख्ने गरिएको छ ।
यति बेला भारतबाट आउने नेपालीको चाप बढेको छ ।

नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज विष्णु गिरीले दैनिक ५ हजार आसपासमा नेपालीहरु घर फर्किरहेको बताएका छन् ।भारतबाट आएका व्यक्तिलाई गाडी मगाएर नाकाबाटै सम्बन्धित जिल्लामा पठाइएको छ । कतिपयलाई नगरबसले बसपार्कसम्म पुर्याएर सम्बन्धित जिल्ला पठाइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.