लकडाउनले घट्याे तरकारीकाे मुल्य

रिपोर्ट नेपाल | 2020 Apr 24 | 08:16 am 2169

काठमाडाैं, बैशाख १२ः लकडाउनले काठमाडौं उपत्यकामा दैनिक उपभोग्य हरियो तरकारीको मूल्य तीन गुणा बढीले घटेको छ । लकडाउन हुनुअघि र अहिले हरियो तरकारीको मूल्य तीन गुणा बढीले घटेको हो ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याकंअनुसार लकडाउनअघि १० चैतमा प्रतिकेजी सानो गोलभेंडाको थोक मूल्य औसतमा ५८ रुपैयाँ थियो भने ११ वैशाखमा सो गोलभेंडाको मूल्य घटेर प्रतिकेजी थोक औसत मूल्य १८ रुपैयाँ पुगेको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.