लकडाउनको अवज्ञा गर्दै मदिरा पसल खोल्ने एक जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Mar 26 | 12:27 pm 1384

काठमाडौं, चैत १३: लकडाउनको अवज्ञा गर्दै मदिरा पसल खोल्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चन्द्रगिरी नगरपालिका १ दहचोकमा मदिरा पसल संचालन गर्दै आएका ३७ वर्षीय कविराज बख्ती रहेका छन् । उनलाई प्रहरीले पक्राउ गरेको हो ।

अत्यावश्क सेवाबाहेक अन्य सेवा अनिवार्य रुपमा बन्द गर्नुपर्ने भनिएपनि उनले सो नियम उल्लघंन गरेकाले पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

सरकारले नेपालमा फ्रान्सबाट आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि अरुलाई नसरोस् भनेर मंगलबार बिहान ६ बजेदेखि एक सातासम्मका लागि मुलुकभर लकडाउन गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.