बझाङ, चैत २७ः जिल्लाको प्रशिद्ध छविसपाथिभेरा गाउँपालिकामा लाग्ने धार्मिक मेला बान्नाकी चैतली सञ्चालन गरेको आरोपमा यहाँका जनप्रतिनिधि, पूजारी र मन्दिर संरक्षक समितिका पदाधिकारीहरुसहित ९ जनालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
कोभिड १९ को संक्रमण फैलिन नदिनका लागि सरकारले गरेको लकडाउनलाई अवज्ञा गरेर धार्मिक मेला सञ्चालक गरेको आरोपमा बुधबार उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर नेत्र बहादुर बोहोराले जानकारी दिए ।
पक्राउ पर्नेमा छविसपाथिभेरा गाँउपालिका २ का वडाअध्यक्ष विकास ऐडी, वडा नम्बर ३ का वडाअध्यक्ष केशब राज जोशी, वडा नम्बर ४ का वडा अध्यक्ष अम्मरराज थापा र वडा नम्बर ५ का वडा अध्यक्ष तथा गाँउपािलका प्रवत्ता लोकेन्द्र बहादुर ठगुन्ना रहेका छन् ।
त्यस्तै, बान्नी मष्टा मन्दिरका पूजारी नृप प्रसाद जोशी र उनका दुईजना सहयोगी फसलपाते पण्डित डम्बर बहादुर धामी र पूजारी जयकृष्ण जोशीलगायतलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले बताएकाे छ ।
अहिले उनीहरुकोमाथि आवश्यक अनुसन्धान भइरहेको जानकारी बताइएकाे छ ।