शंकर रिखाम (मुर्कुची) उदयपुर, फागुन १९ः उदयपुरको सदरमुकाम गाइघाटवाट करिव ४१ किलोमिटर उत्तर तर्फ रौतामाई गाउँपालिका स्थित वडा नम्वर २ को भुट्टारमा पहिलो पटक रसुवा माध्यामिक विद्यालयको प्राङ्गणमा वडा नम्वर २ को आयोजनामा बालमैत्री वडा घोषणा भएको छ ।

उक्त घोषणा समारोहमा रौतामाई २ का वडाध्यक्ष खविन्द्रवहादुर रास्कोटिको सभापतित्वमा सन्चालन गरिएको थियो भने, पूर्व सहरी विकास राज्यमन्त्री मन्जुकुमारी चौधरीको प्रमुख अतिथि र रौतामाई पालिका अध्यक्ष गजेन्द्रवहादुर खड्का र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल पूर्व क्षेत्रीय कार्यलय वर्दिवासका मेनेजर विनय अमात्य विशेष अतिथिमा रहेका थिए ।
सो उद्घाटन समारोह सभापति, प्रमुख अतिथि र विशेष अतिथिबाट दिप प्रज्वलन गर्दै व्यानर उद्घाटन गरिएको थियो । बालमैत्री घोषणा समारोहमा वडाध्यक्ष खविन्द्रवहादुर रास्कोटिले प्रतिवेदन प्रस्तुत गर्ने क्रममा वडा नम्वर, २ स्थित ९ वटा विद्यालय रहेको र उक्त विद्यालय, स्वास्थ्य चौकी, वडा कार्यलय, प्रहरीचौकी लगाएतका सम्पूर्ण निकाय लगायत गाउँघर नै बालमैत्री रहेको प्रतिवेदनमा उल्लेख गरेका थिए । रौतामाइ २ मा ५ सय ५३ घरधुरीमा ३ हजार २ सय ४० जनसंख्याको बसोवास रहेको पनि प्रस्तुत गर्दै बाल मैत्री घोषणाको लागि गरिनु पर्ने ५१ सुचकहरु सम्पन्न गरेको पनि बताए ।

साथै घोषणा पश्चात गरिनु पर्ने अनुगमनलाई निरन्तरता दिने, बालबालिकाको चौतर्फी विकासको लागि पर्याप्त बजेट व्यवस्थापन गर्ने, योजना निर्माण गरि कार्यान्वयन गर्ने र सामाजिक कुरिती, विसंगति विरुद्ध अभियानहरु चलाउने पनि वडाध्यक्ष रास्कोटिले प्रस्तुत गरेका थिए ।
सन २०२५ सम्ममा रौतामाई गाउँपालिकाको ८ ओटै वडाहरुमा बालमैत्री घोषणा गरि पालिका नै बालमैत्री घोषणा गर्ने लक्ष्य पालिकाको रहेको हुनाले गैर सरकारी संस्थाले सहयोग गर्नुपर्ने कृयकलाप र जिम्मेवारिहरु पूर्ण रुपमा सहयोग गर्ने जाल्पा एकीकृत विकास समाज उदयपुरका अध्यक्ष पुष्पराज पोखरेलले प्रतिवद्धता जानाउदै, बालबालिका देशका कर्णधार हुन त्यसैले बाल बालिकामा लगानी गर्ने, अभिभावकले बालबालिकालाई व्यवहारमा परिवर्तन गरिनुपर्छ अनिमात्र बालमैत्री हुने जाल्पाका अध्यक्ष पोखरेलले बताए ।

उक्त घोषणा समारोहमा बोल्दै विशेष अतिथि तथा रौतामाई पालिका अध्यक्ष गजेन्द्रवहादुर खड्का ूबाल मैत्री मात्र होइन, बालऐन र किशोर किशोरी नीति पनि पालिकाले पास गरि सकेको छ । यस वर्षमा २ वटा वडालाई बालमैत्री घोषणा गर्ने लक्ष्य रहेकोमा वडा नम्वर २ घोषणा भयो भने वडा नम्वर,४ लाई केही महिना पछि बालमैत्री घोषणा गर्ने तयारी भैरहेको बताउदै क्रमशः २०७९ मा वडा नम्वर १, ३, ५ र ६ बालमैत्री घोषणा गर्ने र २०८० मा ७ र ८ लाई बालमैत्री घोषणा गरि पालिकानै बालमैत्री घोषणा गर्ने लक्ष्य रहेको पालिका अध्यक्ष खड्काले बताए । अन्य ठाउँमा संघ संस्थाहरुले के कस्ता कामहरु गरेकाछन रौतामाई गाउँपालिकामा ऎना जस्तो छरलङ्ग कार्यक्रमहरु गर्दै आएकोले अहिले पालिका सङ्ग समन्वय गरि साझेदारी गर्दै आएको पनि पालिका अध्यक्ष खड्काले बताए ।

पूर्व सहरी विकास राज्यमन्त्री तथा प्रमुख अतिथि मन्जुकुमारी चौधरी, बालमैत्री घोषणा भएकोमा मुलुक राष्ट्रलाई नै समृद्धिको बाटोमा अगाडि बढाएको महसुस गरेको बताउदै बालबालिकाको चौतर्फी विकासको लागि संविधान निर्माण भएको जानकारी दिदै बालमैत्री घोषणाको लागि पूर्वाधार विकास निर्माणको लागि गर्नुपर्ने सहयोग गर्ने पूर्व राज्यमन्त्री चौधरिले बताए ।
समारोहको विच विचमा बालश्रम सम्वन्धी नृत्य र सानै उमेरमा बाल विवाह सम्वन्धी जन चेतना मुलक सडक नाटक प्रदर्शन गरिएको थियो ।
उक्त घोषणा समारोहमा रौतामाई गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, राजनैतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, वुद्धिजिवी, संघ संस्थाका प्रतिनिधी र पत्रकारहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो ।