रोहिङ्ग्यालाई प्रलोभनमा पारी मानव वेचबिखन तथा ओसारपसारमा संलग्न तीन विदेशी नागरिक पक्राउ

| 2021 Sep 20 | 08:23 pm 1409

काठमाडाैं, असाेज ४ः रोहिङ्ग्यालाई प्रलोभनमा पारी मानव वेचबिखन तथा ओसारपसारमा संलग्न तीन विदेशी नागरिकलाई केन्द्रीय अनुसन्धार ब्यूराेले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा Namerey -2, Monduo, Myanmar हाल काठमाण्डौं बुढानिलकण्ठ न.पा- ११, कपन स्थित राममन्दिर कपडा बेच्दै हिड्ने २७ बर्षीय Noorul Amin, Namerey -2, Monduo, Myanmar हाल काठमाण्डौं बुढानिलकण्ठ न.पा- ११, कपन स्थित राममन्दिर बस्ने सामाखुशी स्थित कान्तिपुर हार्डवेयरमा काम गर्ने २७ बर्षीय Showfiq Alam र Foolbariya -2, Mymensingh, Bangaladesh घर भई
हाल काठमाण्डौं डल्लु चौतारा बसी का.म.पा-१३, टंकेश्वरमा कपडा पसल संचालन गर्ने  ३० बर्षीय Azmat ulla रहेका छन् ।

बंगलादेशको शरणार्थी क्याम्पमा भएका वर्मेली रोहिङ्ग्या शरणार्थीहरुलाई नेपालबाट अमेरीका, यूरोप लगायतका देशहरु पठाईदिन्छु, नेपाल पुगेपछी अमेरिका जान परिचय पत्र पाईने मात्र होईन, मासिक भत्ता पनि राम्रो पाईने, मासिक प्रति व्यक्ति पुरुषलाई ५ हजार ७ सय ५०, महिलालाई ३ हजार ७ सय ५० र बालबालिकालाई २ हजार ७ सय ५० रुपैँया भत्ता सुविधा दिने तथा अन्य सुविधाहरु राम्रो छ भन्ने जस्ता विभिन्न प्रलोभन देखाई भारतको बाटो प्रयोग गरी नेपाल ल्याई मानव तस्करी गर्ने व्यक्तिहरुले ढाकादेखि काठमाण्डौसम्मको यात्राको लागि २ लाख ५० हजार टाका (बंगलादेशी मुद्रा) पीडितहरुबाट बुझी निजहरुलाई ललाई फकाई नेपाल सम्म ल्याई मानव बेचविखन तथा ओसारपसार गरेकाे पाइएकाे छ ।

उक्त कार्यमा संलग्न ब्यक्तिहरुको खोजतलास एवं पहिचान गर्ने क्रममा मिति २०७८/०६/०२ गते र मिति २०७८/०६/०४ गते काठमाण्डौंको बिभिन्न स्थानबाट ३ जना व्यक्तिलाई पक्राउ गरी थप अनुसनधान तथा कारवाहिका लागि मानव बेचविखन व्यूरोमा पठाईएको व्यहोरा जानकारी गराईन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.