रोटरी क्लबद्वारा ह्विल चियर वितरण

रिपोर्ट नेपाल | 2022 Jul 21 | 05:54 pm 2461

काठमाडौं, साउन ५ः सामाजिक सेवा गर्ने पवित्र उद्देश्य बमोजिम रोटरी क्लब अफ डिल्लीबजार काठमाडौंले विभिन्न जिल्लाका १२ जना असहाय अपांग व्यक्तिलाई ह्विल चियर वितरण गरेको छ । त्यसरी ह्विल चियर पाउने व्यक्ति र संस्था यस प्रकार रहेका छन्ः
१.मात्रिका आँखा अस्पताल पुरानो बानेश्वर २ थान
२.रमानन्द ठाकुर बुढीगंगा गाउँपालिका मोरङ १ थान
३.योगमाया केसी बुडीगंगा गाउँपालिका मोरङ १ थान
४.विमन तामाङ बिर्तामोड झापा १ थान
५.कृष्ण बहादुर राना मगर, नागार्जुन नगरपालिका सीतापाइला १ थान
६. ललित बहादुर खड्का काठमाडौं महानगरपालिका २९ घट्टेकुलो १ थान
७.सुजिता पोखरेल विराटनगर १ थान
८.तामाकोशी विकास समिति मन्थली १ थान
९.राधिका पराजुली लमजुङ १ थान
१०.जी.एम.पी फाउण्डेशन काठमाडौं, १ थान
११.आइसोलेशन फिभर अस्पताल काठमाडौं रातोपुल १ थान

No description available.

रोटरी क्लब भुटानबाट प्राप्त उक्त १२ थान ह्विल चियरको लजिष्टिक कष्ट प्रतिगोटा ३ हजार ५ सय का दरले यहाँ ल्याईपुर्याउने खर्च रोटरी क्लब डिल्लीबजारले ब्यहोरेको छ भने, यस स्तरको ह्विल चियर बजारमा प्रतिगोटा १४ देखि १५ हजार लाग्ने अनुमान गरिएको छ ।

ह्विल चियर वितरण समारोह यही साउन ४ गतेका दिन प्रा.डा.पार्थिबेश्वर तिमिल्सिनाको घर प्राङ्गणमा गरिएको थियो भने, उहाले नै कोरोनाका कारण आफ्नै निवासमा रोटरी क्लबको कार्यालय खडा गर्नु भएको रहेछ ।

No description available.

चियर वितरण पश्चात् वर्तमान अध्यक्ष प्रा. युवराज अधिकारीको अध्यक्षतामा बैठक बसेको थियो । सो बैठक नियमित प्रकृया अनुरुप संचालन भएको थियो । उक्त बैठकमा क्लबले सम्मानका साथ निम्ताइएका बरिष्ठ मुटु रोग विशेषज्ञ डा. सुमन्त बन्जाडेले मुटु रोग किन, कसरी र के कारणले लाग्दछ ? यो रोग लाग्नबाट बँच्न आफ्नै घरमा र आफैमा निर्भर रहने कुराको बडो चित्तबुझ्ने तरिकाले आफू पनि बाँच्ने र आफन्त, इष्टमित्र अरुलाई पनि जानकारी सहित बचाउन सचेत गराउने उपायहरु उक्त बैठकमा सबिस्तार बताउनु हुँदा उपस्थित सबै रोटरियनहरु सन्तुष्ट हुन पुगेका देखिन्थे ।

No description available.

उक्त बैठकमा रोटरीका निवर्तमान अध्यक्ष लीलानाथ शर्मा, निवर्तमान सचिव इन्दिरा पौडेल पराजुली लगायत बौद्धिक रोटरियनहरुको उपस्थिति रहेको थियो । सोही समारोहमा पूर्व अध्यक्ष लीलानाथ शर्माले आफ्नो कार्यकालमा वितरण गर्न बाँकी रहेको रोटरी पिन उपलब्ध गराउनु भएको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

No description available.

No description available.

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.