रेसुङ्‍गा विमानस्थल निर्माणमा व्यापक भ्रष्ट्रचार : चन्द्र भण्डारी

रिपोर्ट नेपाल | 2018 Jun 10 | 09:23 am 8094

गुल्मी, जेठ २७ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले रेसुङ्गा विमानस्थलमा विमान अवतरण गरेकोमा खुशी व्यक्त गर्दै विमानस्थल निर्माण कार्यमा व्यापक भ्रष्ट्राचार गरेको बताएका छन् ।

लामो समयदेखिको गुल्मीबासीको विमान सपना पुरा भएपनि निर्माण कार्यमा व्यापक भ्रष्ट्राचार भएकोले खोजिनिति हुनुपर्ने माग राखेका छन् । गुल्मी रेसुङ्‍गा नगरपालिकाको सिमिचौंरमा शुक्रबार सानो विमानले सफल परिक्षण उड़ान गरेको हो ।

निर्माण समितिका अध्यक्ष मधुकृष्ण पन्त र निर्माण व्यवसायी नारायण पोख्रेलको चरम लापरवाही र भ्रष्ट्रचारका कारण विमानस्थल प्राविधिक रुपमा गुणस्तरीय नभएको नेता भण्डारीको आरोप छ । आइतबार रिपोर्ट नेपालसँग कुरा गर्दै नेता भण्डारीले २०७० सालसम्म जम्मा करिव रु २३ लाख मात्र विनियोजन भएको थियो ।

नेपाली कांग्रेसको सरकारको पालामा उक्त रकम बढाइ आवश्यक रकम विनियोजन गरिएको थियो । यसरी विनियोजन गरिएको रकमलार्इ केही विचौलियाले कमाइखाने भाँडो बनाएको उनको आरोप छ । विमानस्थलमा गुणस्तरहिन सामाग्रीको प्रयोग गरिएकोले उक्त विमानस्थल दिगो नहुने नेता भण्डारीको दाबी छ । उनले भने, “भोलीका दिनमा दुर्घटना भएमा त्यसको जवाफदेही को हुने ? यसका लागि समयमै प्राविधिक चेकजाँच गरिनुपर्दछ ।’

यसअघि पनि निर्माण कार्यमा कमसल सामग्री प्रयोग गरेको भन्दै ठेकेदार कम्पनीलार्इ हवाई प्राधिकरणले जरिवाना तिराएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.