काठमाडाैं:
नव निर्मित रेसुङ्गा विमानस्थलमा जेठ २५ गते परिक्षण उडान हुने भएकाे छ । लामाे समयदेखि निर्माणाधिन विमानस्थल अव पूरा भएकाेले परीक्षण पश्चात् दैनीक उडान गरीने भएकाे छ । सिमिचाैरमा निर्माण भएकाे रेसुङ्गा विमानस्थलमा तारा एयरकाे टुइनटर विमानले परिक्षण उडान गर्ने भएकाे हाे ।
गुल्मी उद्याेग वाणिज्य संघका महासचिव ताराप्रसाद भुसालका अनुसार जेठ २५ गते बिहान १० बजे परीक्षण उडान गरीने भएकाे हाे । रिपाेर्ट नेपालसंग संक्षिप्त कुरा गर्दै महासचिव भुसालले कुनै कारण माैसममा खरावी भयाे भने उडान सर्न सक्छ अन्यथा १० बजे उडान हुन्छ ।
रेसुङ्गा विमानस्थलमा उडान शुरू भएपछि गुल्मी, अर्घाखाँची, बाग्लुङ्ग र प्युठानका यात्रुलार्इ सेवा सुविधा हुने पनि भुसालले बताए ।