रेसुङ्गा नगरको अध्यक्षमा खत्री निर्वाचित

| 2022 Mar 03 | 06:14 pm 4137

काठमाडौं, फागुन १९ः नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र केसीले आपसी मनमुटावलाई त्यागेर आगामी स्थानीय निर्वाचनमा गुमेको रेसुङ्गा र मुसिकोट नगरपालिका जित्नुपर्ने बताएका छन् ।

नेता केसीले उक्त कुरा नेपाली कांग्रेस गुल्मी रेसुङ्गा नगरपालिका काठमाडौं सम्पर्क समितिको प्रथम अधिवेशनको उद्घाटन सत्रमा बताएका हुन् । विगतमा आफ्नै कारणले गुमाएका गाउँ, नगर जिताउन सबै एक भएर लाग्न पनि नेता केसीले बताए ।

No description available.

प्रथम अधिवेशनले निमबहादुर खत्रीको अध्यक्षतामा १२ सदस्य कार्य समिति सर्वसम्मतिले चयन गरेको छ । नव गठित समितिको उपाध्यक्ष्यमा पर्शुराम पन्थी, दयानिधि खनाल, सचिव महेश मरासिनी, सह सचिव सिता केसी (पाण्डेय), कोषाध्यक्ष भरत पाण्डेय चयन भएका छन् । यसैगरी सदस्यमा ओमबहादुर थापा, हुमलाल गौतम, बेदुराम अर्याल, सुदिप गौतम, तारा प्रसाद खनाल र गोपाल बस्नेत रहेका छन् ।

No description available.

नेपाली कांग्रेस गुल्मी काठमाडौं सम्पर्क समितिको सातौं अधिवेशनका लागि भएको अधिवेशनले १५ जना प्रतिनिधि समेत चयन गरेको छ । चयन भएका प्रतिनिधिमा कृष्ण प्रसाद गौतम, अनुप कुमार श्रेष्ठ, महेन्द्र पाण्डेय, मिन प्रसाद श्रेष्ठ, हरीकृष्ण अर्याल, कमल कुमार श्रेष्ठ, पर्शुराम पन्थी, भरत पाण्डेय, निमबहादुर खत्री, सुदिप गौतम, हुमलाल गौतम र बेदुराम अर्याल रहेका छन् । महिला प्रतिनिधिमा सिता केसी (पाण्डेय) र बिमला खड्का (पाण्डेय) रहेका छन् ।

निर्वाचित पदाधिकारीलाई महाधिवेशन प्रतिनिधि वसन्त भुजेल, निर्वाचन अधिकृत बाबुल खनाल र अधिवेशन संयोजक मिन प्रसाद श्रेष्ठले प्रमाणपत्र, अबिर र खादा लगाएर सम्मान गरेका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.