रेसुङ्गाको नगर अधिवेशन कलंकीमा हुने

| 2022 Mar 01 | 01:15 pm 1457

काठमाडौं, फागुन १७ः वर्षौ देखि हुन नसकेको नेपाली कांग्रेस गुल्मी काठमाडौं सम्पर्क समितिको अधिवेशन हुने संकेत देखा परेको छ । पछिल्ला दुई कार्यकालको नेतृत्वले पन्ध्र वर्ष देखि नेतृत्व लिई रहेका र दुई मात्र अधिवेशन गरिदा नेतृत्व विकास नहुने र संगठन सुदृढीकरण नहुने कार्यकर्ता पंतिबाट आवाज उठ्न थालेपछि अधिवेशन हुन्छ की भन्ने आवास कार्यकर्ताले पाएका छन् ।

जिल्ला नेतृत्वले लामो समयसम्म समितिलाई अवैध राख्न नहुने र अधिवेशन गर्न दबाव दिएपछि अहिले अधिवेशन गर्नका लागि काठमाडौं उपत्यकामा रहेका गुल्मीका विभिन्न गाउँ र नगरपालिकाका अधिवेशन धमाधम भइरहेको छन् ।

यसै क्रममा जिल्ला सदरमुकाम रहेको रेसुङ्गा नगरपालिकाको सम्पर्क समितिको अधिवेशन फागुन १९ गते गर्नका लागि सम्पर्क समितिका उपाध्यक्ष मिनप्रसाद श्रेष्ठलाई प्रतिनिधिका रुपमा खटाएका छन् ।

फागुन १९ गते कलंकीको ग्यालेक्सी होटलमा दिनको १ बजे अधिवेशन हुने जनाइएको छ । अधिवेशनका विषयमा रेसुङ्गा नगरका कार्यकर्ताले बुझ्न चाहेमा सम्पर्क समितिका उपाध्यक्ष मिनप्रसाद श्रेष्ठको ९८५११०११२४ वा भरत पाण्डेको ८७५११३२४०१ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.