रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी

| 2023 May 28 | 06:51 pm 781

काठमाडौं, जेठ १४ः  राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेका छन्।

मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बसेको बैठकको सिफारिस अनुसार राष्ट्रपति पौडेलले १९ जनाको कैद सजाय मिनाह गरेका हुन्।

राष्ट्रपति कार्यालयले आज आइतबार जारी गरेको वक्तव्यमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०२/१२ र २०८०/०२/१४ का बैठकका सिफारिस अनुसार टोप बहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ।’

राष्ट्रपति कार्यालय स्रोतका अनुसार मन्त्रिपरिषदले सिफारिस गरेबमोजिम सबैलाई आममाफी दिइएको छ। राष्ट्रपति कार्यालय स्रोतले भन्यो, ‘मन्त्रिपरिषदले सिफारिस गरेका सबैलाई आममाफी दिइएको हो। रेशम चौधरीको नाम पनि त्यही सूचीमा छ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.