रेशम चौधरीलाई सांसदको सपथ खुवाउन पूर्व प्रधानमन्त्री भट्टराईको माग

| 2018 Aug 26 | 04:13 pm 2126

काठमाडौं, भदौ १० : नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले टिकापुर घटनाका मुख्य अभियुक्त करार गरी पुर्पक्षका लागि थुनामा रहेका रेशमलाल चौधरीलाई सांसदको सपथ खुवाउने व्यवस्था गर्न माग गरेका छन् । आइतबार संसदमा विशेष समय लिएर बोल्दै भट्टराईले यस्तो माग गरेका हुन् ।

भट्टराईले नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खडगबहादुर विश्वकर्मा ९प्रकाण्ड० लाई सरकारले टकपटक पक्राउ गरेकोमा असन्तुष्टि जनाएका छन् । ‘उनीहरुले लिएको बोटोमा म सहमत छैन । तर, जुन मुद्दा उठाएका छन्, त्यो उठाउन पाउनु उनीहरुको अधिकार हो’ पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले भने, ‘उनीहरुलाई राजनीतिक शक्तिको रुपमा लिनुपर्छ ।’

अदालतले छाड्न आदेश दिएपछि पनि प्रक्राउ गर्दा पञ्चालतकालको हस्को (गन्ध) आएको उनले बताए । पञ्चायतमा दुःख व्यहोरेर आएका हामीले त्यो व्यवहार गर्नु हुँदैन’ भट्टराइृले भने, ‘विव्लव समूहलाई राजनीतिक व्यवहार गर्नुपर्छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.