कपिलवस्तु, मंसिर १८ : चिनियाँ राष्ट्रपतिसँग भेटका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले राखेको रेलको सपना अव बिपनामै पुराहुने बताएका छन् ।
आज मंगलबार कपिलवस्तु महोत्सवको उद्घाटन कार्यक्रममा मन्तब्य दिँदै अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपतिसँगको भेटमा रेल निर्माणबारे कुरा राखेको बताए ।
भेटमा अध्यक्ष प्रचण्डले चीनदेखि नेपालको राजधानी लुम्बिनी पोखरा जोड्ने रेल निर्माणको मेरो सपना रहेको बताए । यो तत्काल नै अगाडि नबढेपनि सोच्नुहोला भनेको बताए ।
अहिले सो काम अघि बढेको छ र यसको अध्ययन शुरु भएको पनि जानकारी दिए । अध्यक्ष प्रचण्डका अनुसार चीनको तिब्बत हुँदै पोखरा, लुम्बिनी, पर्सा र चितवन काठमाडौं जोड्ने रेल सेवाहरु सुरु हुने बताए ।