रेडियो रेसुङ्गाकी प्रबन्धक खत्री सम्मनीत

| 2022 Aug 20 | 03:27 pm 2033

काठमाडौं, भदौ ४ः गुल्मी जिल्लाको सदरमुकाम तमघासबाट प्रसारण हुने रेडियो रेसुङ्गा एफ एम १०६.२ मेघाहर्जकी स्टेशन प्रबन्धक अनिता खत्री सम्मनीत भएकी छन् ।

निजि रेडियोहरुको छाता संगठन ब्रोडकाष्टिङ अफ नेपाल (वान) को १८ औं बार्षिक साधारणसभा तथा सातौं अधिवेशनमा खत्रीलाई सम्मान गरिएको हो ।

गुल्मी जिल्लाको पहिलो रेडियोबाट विगत एक दशक देखि पत्रकारितामा सकृय खत्रीलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

रेडियो र संचार क्षेत्रको विकासका लागि उल्लेख्य कार्य गरेको भन्दै खत्रीलाई २५ राशी नगद सहित सम्मान गरिएको हो । सम्मान ग्रहणपछि खत्रीले यसले आफूलाई उर्जाशिल मात्र नभएर थप जिम्मेवार बन्न प्रेरणा मिलेको बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.