काठमाडाैं, साउन ७ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाली कांग्रेसको रूपान्तरणका लागि दृष्टिकोण परिवर्तन अहिलेको आवश्यक्ता भएको बताएका छन्।
गत मंगलबारदेखी शुरु भएको नेपाली कांग्रेसको बैठकमा आइतबार नेता निधिले व्यक्ति र नाम परिर्वतनभन्दा रूपान्तरणका लागि दृष्टिकोण परिवर्तन आवश्यक रहेको बताएका हुन् ।
‘अनुहार, नाम र पद फेर्नुले मात्रै रूपान्तरणलाई लक्ष्यमा नपुर्याउँने भएकोले राजनीतिको सामाजिकरणका लागि नेपाली कांग्रेसले रूपान्तरण गर्नुपर्दछ, दृष्टिकोण परिवर्तन गर्नु पर्ने कुरामा जोड दिएका थिए ।
नेता निधिले अहिलेका लागि गठबन्धन ठीकै भए पनि पाँच वर्षपछि तीनवटै तहमा कांग्रेस एक्लैले बहुमत ल्याउने गरी तयारी गर्न बैठकमा प्रस्ताव गरेका थिए ।