रूखबाट लडेर उदयपुरमा एक जनाकाे मृत्यु

रिपोर्ट नेपाल | 2020 Apr 14 | 02:37 pm 2132

उदयपुर, बैशाख २ः जिल्लाको बेलका नगरपालिका वडा न. ५ मा घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बेनपा ५ का स्थानीय ७२ वर्षीय दल बहादुर राई रहेका छन् । उनी जामुनको घाँस काट्नका लागि रूख चढेर घास काट्दै गरेकाे अवस्थामा अचानक खस्दा उनकाे मृत्यु भएकाे प्रहरीले जानकारी दिएकाे हाे ।

सोमबार बिहानै पख गाईवस्तुलाई घाँस काट्न हिडेको राई घर फर्कन ढिला गर्दा स्थानीयले खोजी गर्ने क्रममा मृत अबस्थामा फेला परेको थियो । उनी लडेकै स्थानमा मृत भेटिएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.