काठमाडौं, जेठ २२: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले गत १० जेठमा ६ जनाकाे ज्यान जाने गरी भएकाे रूकुमकाे चाैरजहारी घटनाकाे ढाँकछाेप गरी दोषीलाई उन्मुक्त्ति दिन सरकारनै लागिपरेकाे बताएका छन् ।
नेता पाैडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन् । उनले विज्ञप्तिमा जातिय भेदभावकाे कलंकलाई जिवितै राख्न जनप्रतिनिधिनै अघि सरेर आधा दर्जन किशाेरहरूकाे हत्या गरी भेरीमा फाल्ने जस्ता अपराध भइ रहे देश र समाज परिवर्तन दिशाहीन हुन पुग्ने बताएका छन् ।
प्रेस वक्तव्य
हत्या हिंसाका घटनालाई सत्ताको आडमा ढाकछोप गर्ने , जातीय भेदभावको कलंकलाई जीवितै राख्न जनप्रतिनिधिनै अघि सरेर आधा दर्जन बढी होनहार किशोरहरुलाई हत्या गरेर भेरीमा फाल्ने जस्ता जघन्य अपराध भै नै रहनेहो भने परिवर्तन दिशाहीन हुन पुग्छ । तसर्थ सबै अवसरवादी र प्रतिक्रियावादी व्यवहार विरुद्द सशक्त साँस्कृतिक आन्दोलन चलाऔँ । लोकतन्त्रका पहरेदार कर्मशील बनौं । जय नेपाल !
रामचन्द्र पौडेल २०७७/२/२२