रुसमा ७.८ रेक्टर स्केलको भूकम्प

रिपोर्ट नेपाल | 2020 Mar 25 | 11:11 am 1798

एजेन्सी, चैत १२ : रुसको पूर्वी तटीय क्षेत्रमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ ।

केही बेरअघि रुसको कुरिल टापुमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण यूएसजीएसले जनाएको हो ।

भूकम्प पछि सुनामी आउने चेतावनी दिइएको छ । भूकम्पको थप विवरण आउन बाँकी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.