काठमाडौँ १० भदौ / रुसको साराटोभमा ३८ तले आवासीय भवन ‘भोल्गा स्काई’ सँग ड्रोन ठोक्किएको छ । घटनामा चार जना घाइते भएको मिडिया रिपोर्टमा उल्लेख छ ।
रोयटर्सका अनुसार सोमबार रुसमा २० ड्रोनहरू प्रहार गरिएको थियो । तीमध्ये अधिकतम ९ साराटोभमा हानिएको थियो । मस्कोका गभर्नरले युक्रेनले ड्रोन आक्रमण गरेको दाबी गरेका छन् । यसबारे युक्रेनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । जानकारी अनुसार युक्रेनले ती ड्रोन खसालेको हो ।
आक्रमणबाट भवनको ठूलो हिस्सामा क्षति पुगेको छ । आक्रमणबाट भवन मुनि पार्किङ गरिएका २० भन्दा बढी सवारीसाधनमा क्षति पुगेको छ । आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन्, जसलाई अस्पतालमा भर्ना गरिएको छ । साराटोभ युक्रेनको सीमाबाट ९०० किलोमिटर टाढा छ । यस आक्रमणपछि सबै प्रकारका हवाई गतिविधिमा प्रतिबन्ध लगाइएको छ ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा ड्रोन ‘भोल्गा स्काई’ भवनतर्फ तीव्र गतिमा अघि बढिरहेको देख्न सकिन्छ ।