रुसको संसदमा सम्बोधन गर्न फेसबुकका संस्थापकलाई निमन्त्रण

रिपोर्ट नेपाल | 2018 May 31 | 02:54 am 2955

मस्को, जेठ १७: रुसको माथिल्लो सदनका सांसदहरूलाई सम्बोधन गर्न सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई निमन्त्रणा गरिएको छ ।

सदनको पूर्ण बैठकलाई सम्बोधन गर्नेगरी उनलाई निमन्त्रणा गरिएको सभामुख भ्यालेन्टाइन मत्भीयेन्कोले बुधबार जानकारी दिए ।

“हामीले उहाँलाई एउटा निमन्त्रणापत्र पठाएका छौँ, उहाँको आगमनका लागि हामीले तयारी गर्न पाउनेछौँ,” मत्भीयेन्कोले एक समाचार संस्थासँग बताए ।

जुकरबर्गले संसदलाई सम्बोधन गर्नुका साथै सांसदहरूसँग प्रश्नोत्तरसमेत गराउने कार्यक्रम बनाउन लागिएको उनले बताए । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.