बागलुङ, चैत २३ : रुख काट्नेक्रममा आफैँले काटेको रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा निसीखोला गाउँपालिका वडा नम्बर ६ का ३५ वर्षीय हिमबहादुर घर्ती रहेका छन् । उनको रुखले च्यापेर मृत्यु भएको स्थानीय छिमकी हेम सापकोटाले जानकारी दिए।
गत बिहीबार रुख काट्ने क्रममा रुखले च्यापेर गम्भीर घाइते भएका घर्तीको हेलिकप्ट मार्फत पोखरास्थित गण्डकी अस्पतालमा लगिएको स्थानीयले जानकारी दिए।
अस्पतालमा उपचार गर्ने क्रममा शुक्रबार उनको मृत्यु भएको सापकोटाले बताए। मृतक घर्तीलाई शुक्रबार राति नै एम्बुलेन्समार्फत आफ्नै गाउँमा लगिएको र शनिबार अन्तिम दाहासंस्कार गरिएको बुझिएको छ।
उनको शवलाई नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति दोर्ण कुमार कुँवर र संघीय सांसद ज्ञान कुमारी छन्त्यालले पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धान्जली व्यक्त गरेका स्थानीयले बताए।