काठमाडौँ २८ बैशाख / काभ्रेको पाँचखालमा रुखमा तारले बाँधेर जलाइएको अवस्थामा एक युवकको शव फेला परेको छ। पाँचखाल नगरपालिका- ४ मा फेदी र जिरोकिलो सडकबाट अन्दाजी ५० मिटर जति तल बिराजे खोल्चा जंगलको एकान्त स्थलमा हत्या गरेर जलाएको अवस्थामा युवकको शव फेला परेको प्रहरीले जनाएको छ।
घटना २०/२५ दिनअघि घटेको हुनसक्ने अनुमान गरिएको छ । शव पहिचान भने भइसकेको छैन । रुखमा तामाको तारले बाँधेर आगो लागइएको हुनसक्ने प्रहरीले प्रारम्भिक निश्कर्ष निकालेको छ ।
जलेको अवस्थामा फेला परेको उक्त शव अन्दाजी २४/२५ वर्षको पुरुषको हुनसक्ने अनुमान गरिएको छ। शवको पहिचान हुन सकेको छैन। । घटनास्थलमा कुकुरसहितको प्रहरीको अनुसन्धान टोली परिचालन गरिएको छ।