रुखबाट लडेर खोटाङमा एक महिलाकाे मृत्यु

रिपोर्ट नेपाल | 2021 Mar 15 | 01:21 pm 3413

खोटाङ, चैत २ः घाँस झार्ने क्रममा रुखबाट लडेर खोटाङमा एक महिलाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका -३ बाम्राङकी ४२ वर्षीया उर्मिला थापा रहेकी छन् ।

आइतबार दिउँसाे ४ बजेकाे समयमा घर नजिकै आफ्नै बारीमा रहेको दुधिलोको रुखको घाँस झार्ने क्रममा रूखबाट लडी थापा गम्भीर घाइते भएकी थिइन् ।

घाइते थापाको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा बेलुका पौने ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.